कर्णाली


उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

फाइल तस्बिर


नेपालखबर
असार ३२, २०८२ बुधबार १२:७, काँक्रेविहार (सुर्खेत)

उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ। 

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो। 

आयोजनाको काम  ६ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारआयोजनाका प्रमुख रवि चौधरीले बताए। वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ। 

हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ। ७० करोड लागतको उक्त आयोजनाअन्तर्गत  धमाधम रूख कटान भइरहेको छ। हालसम्म ५ हजार रूख काटिएका छन् भने अझै ५ हजार ५ सय रूख काट्नुपर्नेछ।

आयोजना प्रमुख चौधरीका अनुसार १ सय ५६ फाउन्डेसन निर्माण गरिएको छन्भने अब छवटा फाउन्डेसन निर्माण गरिने छन्। हालसम्म ४० किलोमिटर तार तानिएको छ। अब १२ किलोमिटर तार तान्न बाँकी छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad