डोल्पामा लुकीछिपी यार्सागुम्बा संकलन गरेको आरोपमा १७ जना पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित र्याची क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।
अनुमति नलिई यार्सागुम्बा संकलन गरेको आरोपमा पक्राउ परेका १७ जना त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका स्थानीयहरु रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार शनिबार यार्ची क्षेत्रबाट लुकिछिपी यार्सागुम्बा संकलन गर्न जाँदै गरेका उनीहरूलाई निकुञ्ज र नेपाली सेनाको संयुक्त सुरक्षा पोष्टले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–२ का ३२ वर्षीय रामबहादुर बुढा, १९ वर्षीय निर्मला बुढा, १० वर्षीय नवराज बुढा, ३५ वर्षीय छकी लामा, २० वर्षीय सविना लामा, २३ वर्षीय रमेश बुढा, २५ वर्षीय सोनम बुढा, १६ वर्षीय मनमाया बुढा, ८ वर्षीय हिमाल बुढा, १३ वर्षीय अस्मिता बुढा, १५ वर्षीय विवश बुढा, १५ वर्षीय गिता बुढा, २५ वर्षीय गोविलाल बुढा, २६ वर्षीय मेलि बुढा, २४ वर्षीय पेमा बोहरा, १४ वर्षीय निशान बोहरा र १७ वर्षीय पूर्णिमा बोहरा छन्
निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनाले उनीहरूलाई शनिबार पक्राउ गरी आइतबार निकुञ्जको कार्यालयमा ल्याइएको जानकारी दिए।
यस्तै, यस वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका सम्पूर्ण यार्सापाटनहरु जेठ १० गतेबाट खुल्ला गरिने सर्वदलीय निर्णय गरिएको छ।
Shares

प्रतिक्रिया