कर्णाली प्रदेश सरकारका मन्त्रीहरूलाई भूकम्प प्रभावित क्षेत्रमा खटिन जिम्मेवारी तोकिएको छ।
मन्त्रीहरूले भूकम्प क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापनको काम गर्ने गरी जिम्मेवारी तोकिएको हो।
जिम्मेवारी बाँडफाँटका लागि प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार प्रभावितको व्यवस्थापनबारे छलफल भएको थियो।
छलफलबाट केही मन्त्री भूकम्प प्रभावित क्षेत्रमा बसेर समन्वय गर्ने निर्णय भएको हो। मुख्यमन्त्री राजकुमार शर्मा भूकम्प प्रभावित क्षेत्रमै केही दिन खटिने छन्।
यस्तै, छलफलअनुसार आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह जाजरकोटमा बस्ने छन्।
कृषि मन्त्री भीम शर्मा रूकुम पश्चिम र सल्यानमा तथा अन्य मन्त्रीहरूले सुर्खेतमै बसेर भूकम्प प्रभावितको व्यवस्थापनमा समन्वय गर्ने निर्णय भएको छ।
36
Shares
प्रतिक्रिया