कोशी


विराटनगरबाटै श्रम स्वीकृति सुरु (तस्बिर)

विराटनगरबाटै श्रम स्वीकृति सुरु (तस्बिर)

ध्रुव भट्टराई
पुस २४, २०७९ आइतबार १६:१२, विराटनगर

प्रदेश १ बाट वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि विराटनगरबाट पनि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालिएको छ। यो सँगै प्रदेश १ बाट वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृतिलिन काठमाडौं जान पर्ने अबस्था हटेको छ। 

यसअघि यी स्थानबाट श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएको थियो।

नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम तथा रोजगार कार्यालय विराटनगरबाट संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिन थालेको हो।

श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने विगतको व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै किसिमका श्रम स्वीकृति लिन पाउने व्यवस्था गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका कार्यालय प्रमुख खगेन्द्र सुवेदीले बताए।

आइबारदेखि सेवा शुरु गरेपनि अनलाइन मार्फत सेवा प्रदान गरिएकाले सेवाग्राही नआउँदा कार्यालय भने सुनसान जस्तै देखिएको थियो।

संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि आवेदन लगायतका कार्य अब यसै कार्यालयबाट सेवा पाउनेछन्।

पहिलो पटक वैदेशिक रोजगारीका लागि जानेको निम्ति भने आँखा परीक्षणका लागि सेवाग्राही भौतिक रुपमा नै कार्यालयमा उपस्थित हुनपर्ने कार्यालय प्रमुख सुवेदीले बताए। यसबाहेका अन्य सेवा सबै अनलाइनमार्फत लिन सकिने उनको भनाई छ।

सुवेदीले विराटनगर कार्यालयले आइतबार ५० जनाको लागि टोकन उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .