ad ad

कोशी


प्रदेश १ : सभामुखका लागि माओवादीका बाबुराम गौतमको एकल उम्मेदवारी

प्रदेश १ : सभामुखका लागि माओवादीका बाबुराम गौतमको एकल उम्मेदवारी

नेपालखबर
पुस २६, २०७९ मंगलबार २०:१३, विराटनगर

प्रदेश १ मा सभामुखकोलागि एकल उम्मेदवारी परेको छ। माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमको एकल उम्मेदवारी परेको प्रदेश सभा सचिवालयले जनाएको छ।

यो सँगै सभामुखमा गौतम निर्विरोध निर्वाचित हुने देखिएको छ।

यसअघि सत्तारूढ दलले प्रदेश १ प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई उम्मेदवार बनाउने सहमति भएको थियो।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी गौतमको प्रस्तावक रहेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का कमल जबेगुले गौतमलाई समर्थन गरेका छन्।

सभामुख निर्वाचनका लागि मंगलबार बसको प्रदेशसभाको दोस्रो बैठकले कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार सभामुखका लागि आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने समय तालिका सकिएको छ।

उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।

प्रदेशमा सभामुखका लागि पुस २८ गते बिहान ११ बजे निर्वाचन हुने छ। सभामुख निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरेको छ। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्धव थापाले आफूहरु सभामुखमा उम्मेदवारी नदिने जानकारी दिए।

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका गौतमलाई नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .