कोशी


प्रदेशको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन्छु : मुख्यमन्त्री कार्की

प्रदेशको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन्छु : मुख्यमन्त्री कार्की

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १४:२१, विराटनगर

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश संरचनाको औचित्य पुष्टि हुने गरी आफूले काम गर्ने दाबी गरेका छन्।

उनले अब प्रदेश सरकार जनतालाई सेवा सुविधा दिनेमा केन्द्रित हुने भएकाले आफूलाई समर्थन गर्न नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई समेत आग्रह गरेका छन्।

एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका हुन्।

विगतका सरकारले थालेका कामलाई निरन्तरता दिने भन्दै उनले भने, ‘मलाई समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गर्दछु। हामी हाम्रा कामहरुबाट नै प्रदेशको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफ दिने छौं।

मुख्यमन्त्री कार्कीले प्रदेशको विकासका लागि सबै दल एक ठाउँमा उभिन आवश्यक रहेको बताए।

प्रदेशको नामाकरणका विषयमा होस् या प्रदेशलाई समृद्ध बनाउने बारेमा पनि दलहरु एक ठाउँ उभिने आवश्य रहेकाले दलहरुलाई एक ठाउँमा उभ्याउन प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad