कोशी


बैंकको ऋण तिर्न नसकेपछि व्यवसायीले गरे आत्महत्या

बैंकको ऋण तिर्न नसकेपछि व्यवसायीले गरे आत्महत्या

नेपालखबर
माघ १२, २०७९ बिहिबार १९:१७, विराटनगर

लामो समयदेखि अंगाल्दै आएको व्यवसाय डुबेपछि विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेको रहस्य खुलेको छ।

विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले हिजो घरमै  झुण्डिएको अवस्थामा फेला परेको थिए।

विगत तीस वर्षदेखि न्यौपानेले विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालनमा छ। न्यौपानेले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेका छन्।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकले पटक पटक कर्जा तिर्न ताकेता गरेपछि न्यौपानेले बैंकको दबाब थेग्न नसकी आत्महत्या गरेको आंशका रहेको बताए।

न्यौपानेले लेखेको सुसाइड नोटमा उल्लेख गरे अनुसार विराटनगरको एक विकास बैंकले माघ १० गतेभित्र बैंकको साँवा ब्याज नबुझाए सम्पूर्ण परिवारको फोटो पत्रिकामार्फत सार्वजनिक गर्ने भनेर दिएको चेतावनीपछि न्यौपानेले बेज्जतीको डरले आत्महत्या रोजेको देखिएको रिजालले बताए।

अध्यक्ष रिजालले बैंकले दिएको दबाबका कारण उत्पन्न समस्या भएकाले यस्ता बैंकलाई अविलम्ब कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्। 

न्यौपानेले आत्महत्या गर्नुअघि लेखेको ३ पानाको सुसाइड नोट फेला परेको मोरङ प्रहरीले जनाएको छ।

न्यौपानेले सुसाइड नोटमा विभिन्न बैंक तथा वित्तीय संस्था र अन्य कारोबारीहरुसँग लिएको ऋण रकम उल्लेख गरेका छन्।

न्यौपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको उल्लेख छ। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नोटमा उल्लेख छ।

त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेको छ। शिखर इलेक्ट्रिक बुबाको नाममा रहेको बताइएको छ। मोरङ प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

मंगलबार मात्र काठमाडौंमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले आगो लगाएर आत्मदाह गरेका थिए।

यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का रामदेव मरिकले पनि लघुवित्तकाे ऋण तिर्न नसकेर मंगलबार मृत्युको बाटो रोजेको समाचार प्रकाशित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .