ad ad

कोशी


प्रेमि-प्रेमिका एउटै रुखमा झुन्डिए

प्रेमि-प्रेमिका एउटै रुखमा झुन्डिए

सांकेतिक तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १५:४२, विराटनगर

मोरङको रंगेली नगरपालिका–२ खोरिया टोलमा प्रेमि– प्रेमिकाको शव झुन्डिएको अवस्थामा फेला परेको छ। 

रंगेली नगरपालिका २ खोरियाटोल घरका भएका १८ वर्षीया सन्जय उराउ र बेलबारी नगरपालिका २ थापा टोलकी १७ वर्षीया ललिता उराउ लिचीको बोटमा झुण्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्का जानकारी दिए। 

स्थानीय इश्वरी कृषी फर्मको लिची बगानमामा झुन्डिएको अवस्थमा उनीहरुको शव भेटिएको हो। प्रहरीका अनुसार मृतक ललिता र सन्जय प्रेमि– प्रेमिका हुन्।

ललिता एक महिना अगाडि सन्जयको घरमा आएर बस्दै आएकी थिइन्। लिचीको बोटमा झुन्डिएको अवस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .