कोशी


सेयर सदस्यलाई सहकारीको एकै डिजाइनका ५७ घर (तस्बिरहरू)

सेयर सदस्यलाई सहकारीको एकै डिजाइनका ५७ घर (तस्बिरहरू)

ध्रुव भट्टराई
चैत २०, २०७९ सोमबार १२:६, विराटनगर

विकसित सहरको झल्को दिनेगरी झापाको दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रमा बस्ती विस्तार भइरहेको छ। दमकको एक सहकारीले आफ्ना सेयर सदस्यका लागि तयार पारेको बस्तीमा सबै घरहरू एकै किसिमबाट तयार भइरहेका छन्। 

दमकमा सञ्चालित मेची बहुद्देश्यीय सहकारी संस्थाले ५७ परिवारका लागि घर उपलब्ध गराउन लागेको हो। 

एकीकृत बस्ती निर्माणको अवधारणा अनुसार सबै घर एकै डिजाइन र एकै रंग प्रयोग गरी बनाइएको छ। 

सहकारीले चार वर्षअघि ‘मेची सहकारी आवास’ निर्माणको तयारी गरेको थियो। कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी २०७८ मा सुरु गरेको निर्माण हालै सम्पन्न भएपछि ५७ वटा घर शेयर सदस्यहरूलाई हस्तान्तरण गरिएको हो। 

शेयरघनी मध्येका एक महेन्द्रप्रसाद आचार्यको ३ जनाको परिवार अहिले सहकारीले बनाएको घर खरिद गरेको घरमा बस्न थालेका छन्। 

‘एकै स्थानमा निर्माण गरिएको घरहरूमा धेरै परिवार रहँदा सबै कुराले सुरक्षित भएको महसुस हुने रहेछ,’ आचार्यले भने, ‘बस्तीको सुरक्षाका लागि चारैतिर घेरा, एकै ठाउँमा खानेपानी, बिजुली लगायतका सुबिधा हामीले प्रप्त गरेका छौं।’

सरकारले नारामा मात्र सीमित बनाएको एकीकृत बस्ती विकासको योजनालाई सहकारी संस्थाको पहलमा निर्माण हुनु प्रंशसनीय रहेको उनले बताए। 

सहकारीले चैत १ गतेबाट शेयर सदस्यहरूलाई किस्तामा घर उपलब्ध गराइएको थियो। सहकारीका प्रमुख कार्यकारी अधिकृत फोमप्रसाद बगालेका अनुसार सहकारीले एक बिघा १८ कठ्ठा जग्गा खरिद गरेर २२ करोड ८३ लाख रुपैयाँ खर्च गरेर ती घरहरू निर्माणा गरेको हो। 

सहकारीले घर निर्माणको प्रस्ताव गर्दा ८० शेयरधनीले किन्ने इच्छा गरेपछि पहिले नाम लेखाएका ५६ जनालाई घर दिएको उनले बताए। 

५७ घरमध्ये एउटा सहकारीको प्रयोजनका लागि राखिएको छ। ९ देखि ११ धुरमा तयार पारिएका पाँच कोठे घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्मका छन्।

५६ मध्ये २७ परिवारले सहकारीबाट १२ प्रतिशत ब्याजदरमा २० वर्षे ऋण लिएर घर किनेका छन्। ०५४ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋणको कारोबारसँगै आवास र रबर खेती पनि गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .