ad ad

कोशी


स्कुलबाट फर्किनासाथ घरबाट निस्केका १३ वर्षीय रविन कहाँ गए? खोज्दै परिवार र प्रहरी

स्कुलबाट फर्किनासाथ घरबाट निस्केका १३ वर्षीय रविन कहाँ गए? खोज्दै परिवार र प्रहरी

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार २०:४३, उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका–१३ का एक बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल छन्। 

बेपत्ता बालककी दिदी उर्मिला कटुवाल (खड्का) का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कनासाथ स्कुलकै पोसाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए। उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा भाइ बेपत्ता भएको जाहेरी दिएको बताइन्।

स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले बताए। 

बेपत्ता बालकको खोजी तीव्ररुपमा गरिरहेको जनाउँदै हालसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .