कोशी प्रदेशका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। कोशीको मन्त्रिपरिषद्मा रहेका मााओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो।
प्रदेश प्रमुख कार्यालयले आइतबार मन्त्रालय तोकिएको जानकारी गराएको छ।
जस अनुसार उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले गत असोज २७ गते पहिलो मन्त्रिपरिषद् विस्तार गरेका थिए। सोही दिन मन्त्री नियुक्त भएका एमालेका राम रानाले पनि पछि राजीनामा दिएका थिए।
माओवादी र एकीकृत समाजवादीलाई समेत मन्त्रिपरिषद्मा सामेल गराइएको भन्दै उनले राजीनामा दिएका थिए। माओवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए।
Shares
प्रतिक्रिया