कोशी


बीपीमा बर्न सेन्टर सञ्चालनमा

बीपीमा बर्न सेन्टर सञ्चालनमा

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १९:११, विराटनगर

सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जलेका बिरामीको उपचार गर्ने भएको छ।

जलेका बिरामीहरूको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै बर्न सेन्टर सञ्चालनमा ल्याइएको हो।

बर्न सेन्टरको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे। आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीहरूको उपचारका लागि प्रतिष्ठानले काठमाडौँ उपत्यकाबाहिर पहिलो पटक बर्न सेन्टर सञ्चालन ल्याएको जनाएको छ।

नेपालका ८ वटा अस्पतालमा छुट्टै बर्न अस्पताल सञ्चालनमा ल्याउने यसअघि नै घोषणा गरिएकोमा मन्त्री पौडेलले प्रतिष्ठान परिसरमा निर्माण गरिएको २५ शय्या क्षमताको बर्न सेन्टरको उद्घाटन गर्दै विपन्नलाई निःशुल्क उपचारको तयारी भइरहेको बताए।

काठमाडौँको कीर्तिपुर बाहेक सातै प्रदेशमा बर्नको छुट्टै उपचार सेवा सञ्चालन गर्ने उद्देश्य अनुसार कोसी प्रदेशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारबाट सेवा सुरु गरिएको मन्त्री पौडेलले बताए।

उनले बर्न सेन्टरसँगै सातै प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार गर्ने उद्देश्यअनुसार प्रतिष्ठानमा २० बेडको छुट्टै अंकुलोजी सेवा र फार्मेसी भवनको पनि उद्घाटन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad