कोशी


सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन् : मुख्यमन्त्री कार्की

सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन् : मुख्यमन्त्री कार्की

नेपालखबर
चैत ३०, २०८१ शनिबार १४:५०, विराटनगर

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक भनिएका गणतन्त्रवादी केही दलहरू सत्ताबाट बाहिरिने बित्तिकै राजतन्त्रवादीहरूसँग समेत मिलेर धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन्।

झापाको दमकमा शनिबार आयोजित नेकपा एमालेको  जागरणसभालाई सम्बोधन गर्दै कार्कीले सरकारबाट बाहिरिने बित्तिकै बाहिर सरकार जान्न भन्ने तर भित्र–भित्रै  धमिलो पानीमा खेल्ने काम गरेको दाबी गरे।

‘उनीहरू अहिले सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन्’, उनले भने, ‘जतिसुकै शक्तिकेन्द्र धाए पनि यो सरकार अहिले ढल्दैन, २०८४ सालसम्म यही सरकार टिकिराख्छ। यो एमाले र काँग्रेसका बिचमा भएको सहमति हो।’ 


जन निर्वाचित संविधानसभाको माध्यमाबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली स्थापितभएको भन्दै उनले भने, ‘शान्तिपूर्ण गतिविधिमा कुनै आपत्ति छैन्। राजा ल्याउने नाममा तोडफोड गर्ने, व्यक्ति हत्या गर्ने, अवाञ्छित गतिविधि गर्नेहरू सक्रिय भएका छन्।’  

केही शक्ति र व्यक्तिहरू आफ्नो जनधार बढाउने नाममा विकास निर्माण भएको ढिलासुस्तीलाई लिएर अहिले राजाको नारा लगाइरहेको बताए। कुतसित मनसाय बोकेको राजतन्त्र फर्काउने खालका गतिविधि रोक्नकालागि जागरणसभा गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad