कोशी


कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीः प्रथम हुनेलाई चार लाख पुरस्कार

कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीः प्रथम हुनेलाई चार लाख पुरस्कार

नेपालखबर
जेठ २१, २०८२ बुधबार १६:१४, काठमाडौँ

झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ। 

आउँदो जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नेकपा (एमाले) कोसी प्रदेश विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी गर्न लागेको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी आयोजनाका बारेमा जानकारी दिँदै विभागका प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताए।

प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए। कोसी प्रदेशका १२ वटा जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहने निश्चित भइसकेको बताइएको छ।

प्रदर्शनीमा कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। पाँच सय विद्यार्थीले प्रतिष्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ।

विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको यस प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथो हुनेले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

यसका साथै अन्य २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad