कला


नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति

नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति

नेपालखबर
जेठ २१, २०८२ बुधबार १६:२४, काठमाडौँ

चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (डीसीएन)बीच भर्चुअल प्रिन्ट कस्ट (भीपीसी) को शुल्क २५ प्रतिशत घटाउने सहमति भएको छ। बुधबार निर्माता संघ र डीसीएनबीच केडीएम चार्ज समेत भनिने यो प्रणालीको शुल्कमा कटौती गर्नेबारे वार्ता भएको थियो। 

साउन मसान्तदेखि लागू हुने गरि केडीएम चार्ज २५ प्रतिशत घटाउने सहमति गरिएको छ। निर्माता संघका सबै पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका छन्। जुन निर्णय घरेलु चलचित्रको हलमा मात्र लागू हुनेछ। 

‘आजको दिन नेपाली चलचित्र निर्माताको लागि ऐतिहासिक दिन हो। निर्माताले लामो समयदेखि उठाउँदै आएको माग आज पुरा भएको छ,’चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने। 

यो निर्णयपछि निर्मातालाई वार्षिक ५० लाखभन्दा धेरै रकम मुनाफा हुने अध्यक्ष खड्काको भनाइ छ। कार्यदल सदस्यमा खगेन्द्र लामिछाने, दीपेन्द्र के खनाल, दीपकराज गिरी, निश्चल बस्नेत छन्।
यसअघि निर्माता संघ र प्रदर्शक संस्थाबीच सेयर बाँडफाँटमा ५०/५० प्रतिशत रकम बाँड्ने सहमति लागू भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad