कोशी


कोसी प्रदेश बजेट : कृषि, पर्यटन, वन तथा वातावरणमा मनग्य बजेट

कोसी प्रदेश बजेट : कृषि, पर्यटन, वन तथा वातावरणमा मनग्य बजेट

नेपालखबर
असार १, २०८२ आइतबार १६:२५, विराटनगर

कोसी प्रदेश सरकारले उद्योग सहकारी तथा कृषि क्षेत्रकोलागि २ अर्ब १८ करोड विनियोजन गरेको छ। 

कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकास, प्रवर्द्धन गर्नको लागि भन्दै उनले सो बजेट व्यवस्था गरिएको बताए।
 
पर्यटन वन तथा वातावरण क्षेत्रको लागि २ अर्ब ९७ करोड ६६ लाख बजेट विनियोजन गरेको छ। पर्यटन क्षेत्रको विकासको मूल नारा दिईउको उक्त बजेटमा  २९ वटा पालिकालाई छुने गरी चियाबारी, फाल्गुनन्द, चियाबारी र मुन्धुमको पदयात्राको विकासकालागि समेत बजेट व्यवस्था गरेको छ। 

अगामी आर्थिक वर्षको लागि छुट्ट्याएको बजेटमा पदमार्ग कोलागि ५ करोड बजेट छुट्याएको  आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताए। 

कोसी प्रदेश सरकारले  विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन संघीय सरकारसँग समन्वय गर्नको लागि पहल गरिने भनिएको छ। बजेटमा उल्लेखित यो कार्यक्रमलाई प्रदेश सरकारको बजेटले समेटेको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad