इलाममा मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
इलामको रोङ गाउँपालिका ३ स्थित पाथलेडाँडामा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो करिब ४ बजेतिर इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडास्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका १ का २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका–८ बस्ने २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
Shares

प्रतिक्रिया