कोशी


कोसीमा प्राविधिक तथा व्यावसायिक शिक्षामा निजी क्षेत्रको संलग्नताका लागि त्रिपक्षीय समझदारी

कोसीमा प्राविधिक तथा व्यावसायिक शिक्षामा निजी क्षेत्रको संलग्नताका लागि त्रिपक्षीय समझदारी

नेपालखबर
साउन २६, २०८२ सोमबार १९:४३, विराटनगर

कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (सीटीईभीटी) क्षेत्रमा निजी क्षेत्रको प्रभावकारी र अर्थपूर्ण संलग्नता बढाउन त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सोमबार सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मन्त्रालय, उद्योग संगठन मोरङ, क्यान महासंघ कोशी प्रदेश र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना सहयोग इकाईबीच समझदारी गरिएको हो।

यस समझदारीअन्तर्गत श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, नीतिगत समन्वय गर्ने र स्वदेशमै सम्मानजनक रोजगारीको वातावरण सिर्जना गर्ने लक्ष्य लिइएको छ।

समझदारीपत्रमा परियोजना सहयोग इकाइका डेपुटी टिम लिडर संजिव राई, उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र कुमार गोल्छा, क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष शन्देश राई र सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले हस्ताक्षर गरे।

कार्यक्रम निमित्त सचिव दामोदर फुयलको अध्यक्षता र सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।  महाशाखा प्रमुख न्यौपानेले समझदारीको उद्देश्यबारे जानकारी गराएकि थिइन्।

उद्योग संगठन मोरङका उपाध्यक्ष गोल्छा र क्यान महासंघका अध्यक्ष राईले यो कदमले सीपयुक्त जनशक्ति उत्पादन र युवालाई स्वदेशमै रोजगारी दिन मद्दत गर्ने विश्वास व्यक्त गरे।

मन्त्री राईले निजी क्षेत्रको सक्रिय सहभागिताले प्रदेशको समृद्धिमा टेवा पुर्‍याउने बताएका छन्। 

मन्त्री राईले भने, ‘श्रम बजार प्रक्षेपण, पाठ्यक्रम विकास र सीपयुक्त जनशक्ति उत्पादनमा सबै पक्षको बराबर भूमिका रहने छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad