कोशी


विराटनगरको राधाकृष्ण मन्दिरमा रथयात्राको तयारी (१२ तस्बिर)

विराटनगरको राधाकृष्ण मन्दिरमा रथयात्राको तयारी (१२ तस्बिर)

सुमन सुस्केरा
साउन ३१, २०८२ शनिबार १२:२४, विराटनगर

कृष्ण जन्माष्टमीका अवसरमा आज (शनिबार) विराटनगरस्थित राधाकृष्ण मन्दिरमा शनिबार भक्तजनको भिड लागेको छ।

आइतबार निकालिने रथयात्राका लागि आजै नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको छ।

कृष्ण जन्माष्टमीका दिन पूजा गरिएको रथ भाेलिपल्ट सहरमा डुलाउने परम्परा छ। 

विराटनगर महानगरपालिका वडा नम्बर १ को राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ।

रथ यात्रामा नेपाल र भारतका झन्डै ५ लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

रथयात्राले विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गर्नेछ।

१९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो।

जीर्ण भइसकेको पुरानो रथ विस्थापन गर्दै यस वर्षदेखि १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ प्रयोगमा ल्याइएको छ।

मोरङ प्रहरीले रथयात्रामा हुने भिड व्यवस्थापनका लागि विशेष सुरक्षा तयारी गरेको छ।

प्रहरीका अनुसार, अनुसार सशस्त्र प्रहरी, जनपथ प्रहरी, अनुसन्धान र सादा पोसाकमा समेत गरी हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ।

भक्तजनलाई सुरक्षाका दृष्टिले अमूल्य गरगहना नलगाई आउन प्रहरीले आग्रह पनि गरेको छ।

काेसी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएकाे छ।

यी तस्बिरमा हेर्नुहोस्, शनिबार राधाकृष्ण मन्दिरमा लागेको भक्तजनको भिड:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad