विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिएको छ। तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ४ रथयात्रा शुरू भएको हो।
परम्पराअनुसार प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिन्छ। भक्तजनलाई दर्शन गर्न सहज होस् भनेर यस वर्ष पनि विभिन्न स्थानमा विश्रामस्थल तोकिएको छ।
विराटनगर–१ पानीटंकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट ९४ वर्षअघि खटयात्रा सुरु भएको यो पछि विस्तार भई २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो। यस वर्ष १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ निकालिएको छ।
रथ विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गर्नेछ। नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ। रथ शूरू हुनुभन्दा पहिला कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथको पुजा गरेर शुभारम्भ गरेका थिए।













Shares

प्रतिक्रिया