राजनीति


परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

नेपालखबर
भदौ १, २०८२ आइतबार १७:४५, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ।

आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट भएको हो।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad