कोशी


कांग्रेसका सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित

कांग्रेसका सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित

सुमन सुस्केरा
पुस २३, २०८२ बुधबार १६:४, विराटनगर

कोसी प्रदेशबाट नेपाली कांग्रेसको राष्ट्रि सभा उम्मेदवार बनेका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। 

कोसी प्रदेशबाट अन्य समूहमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्। 

उनले उम्मेदवारी दिएको अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिए। 

अहिले नै निर्वाचित भनेर घोषणा नभएपनि एकल उम्मेदवारी परेकोले निर्विरोध नै निर्वाचित भएको उनले बताए।

थापा केहीअघिसम्म राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए। उनले राष्ट्रिय सभाको उम्मेदवार बन्न राजीनामा दिएका थिए।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले तालमेल गरेका छन्।

कांग्रेसले ९, एमालेले ८ लिएका छन्। त्यस्तै एक सिटमा महन्थ ठाकुरलाई दुवै दलले सर्मथन गरेको बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad