कोशी


एमाले र रास्वपा कार्यकर्ताबीच दमकमा झडप, व्यापक सुरक्षाकर्मी परिचालन

एमाले र रास्वपा कार्यकर्ताबीच दमकमा झडप, व्यापक सुरक्षाकर्मी परिचालन

सुमन सुस्केरा
माघ ६, २०८२ मंगलबार १३:२६, दमक

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका क्रममा मंगलबार झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ।

दमकस्थित गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको थियो।

दुई पक्षबीच घम्साघम्सी भएपछि बाक्लै प्रहरी परिचालन गरिएको छ। तस्विरः सुमन सुस्केरा

एमालेले आफ्ना कार्यकर्ता भेला हुन तोकेको स्थानमा रास्वपाका समर्थकहरूले ठाउँ नछाडेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ। रास्वपाका कार्यकर्ता गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भेला हुने तय भए पनि दुवै समूह एउटै क्षेत्रमा आमनेसामने भएपछि घम्साघम्सी भएको हो। रास्वपाका युवाहरूले ढुङ्गा प्रहार गरेपछि स्थिति केही बेर अनियन्त्रित बनेको प्रत्यक्षदर्शीले बताएका छन्।

व्यापक सुरक्षाकर्मी परिचानल

इलाका प्रहरी कार्यालय दमकले भने घटनालाई सामान्य भन्दै अहिले अवस्था नियन्त्रणमा रहेको दाबी गरेको छ। 'दुई पक्षबीच सामान्य विवाद र धकेलाधकेल भएको हो, अहिले स्थिति सामान्य भइसकेको छ,' एक प्रहरी अधिकारीले भने।

सडकमा प्रहरी परिचालन गरिएको छ। तस्विरः सुमन सुस्केरा

घटनापछि दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। सम्भावित मुठभेडलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad