कोशी


बालेन माथिल्लो फेदीमा, बिहानै पाथीभरा पुग्ने

बालेन माथिल्लो फेदीमा, बिहानै पाथीभरा पुग्ने

नेपालखबर
माघ ८, २०८२ बिहिबार २०:४९, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले ताप्लेजुङ पुगेका छन्। पाथीभरा दर्शनका लागि बिहान दमकबाट हिँडेका बालेन साँझ ताप्लेजुङको ठूलो फेदी पुगेका हुन्।

आगामी निर्वाचनको माहौल बुझ्न र पार्टीको रणनीति तय गर्दै पाथीभराको दर्शन गर्नको लागि विभिन्न जिल्लाका रास्वपाका नेता कार्यकर्ताहरूसँग भेट गर्दै त्यहाँ पुगेका हुन्। 

बालेनले बिहान इलामका स्थानीयहरूसँग छलफल तथा भलाकुसारी गरेका थिए। इलाममा बालेन चियाबारी कटेजबाट टुँडिखेलसम्म करिब ४५ मिनेट पैदल यात्रा गर्दै स्थानीय सर्वसाधारण, युवा र बालबालिकासँग भलाकुसारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी इलामका सभापति टीका ओडारीले जानकारी दिए। इलामका समर्थकसँगै हिँडेका बालेन त्यहाँ फ्यानहरूसँग फोटो खिचाउनेमा व्यस्त देखिन्थे।

इलामबाट छलफल पछि उनी पाँचथर पुगेका थिए। दिउँसो १ बजेतिर पाँचथरबाट हिँडेका बालेन करिब ३ बजेतिर ताप्लेजुङ पुगेका थिए। त्यहाँ पनि उनलाई समर्थक तथा रास्वपाका जिल्ला तहका नेताहरूले स्वागत गरेका थिए।

त्यहाँका उम्मेदवारहरूसँग छलफल गरेपछि उनी पाथीभरा तर्फ लागेका थिए। काफ्ले पाटीबाट हिँडेर उकालो लागेका बालेन साँझ करिब ७ः३० तिर माथिल्लो फेदी पुगेको बालेनको सचिवालयले जनाएको छ। माथिल्लो फेदीमा पुगेका बालेनसँगै उनको सचिवालयको टिम सहितका रास्वपाका स्थानीय नेताहरू छन्। 

टोली बिहानै माथिल्लो फेदीबाट पाथीभरा पुगेर दर्शन गर्ने कार्यक्रम रहेको रास्वपाका नेताहरूले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad