कोशी


म काठमाडौँ बस्ने नेता होइन: जीवन घिमिरे

म काठमाडौँ बस्ने नेता होइन: जीवन घिमिरे

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १९:१४, विराटनगर

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार जीवन घिमिरेले आगामी निर्वाचनमा आफ्नो क्षेत्रबाट एमालेको जित सुनिश्चित रहेको दाबी गरुका छन्। 

उनले जनसंगठनसँगको भेटघाटका क्रममा घिमिरेले आफ्नो ४० वर्षको राजनीतिक लगानी र जनतासँगको सामीप्यता नै जितको मुख्य आधार भएको बताए। ‘हाम्रो टोल तहसम्मको बलियो संगठनात्मक संरचना छ। विगत ४० वर्षदेखि म यही क्षेत्रको मलामी, जन्ती र सामाजिक काममा सक्रिय छु। म काठमाडौं बस्ने नेता होइन, यहीँको माटोमा भिजेको मान्छे हुँ,’ घिमिरेले भने। 

जसले गर्दा आगामी निर्वाचनमा आफ्नो क्षेत्रबाट एमालेको जीत सुनिश्चित रहेको उनको भनाइ थियो। विगतमा अन्य उम्मेदवारले जितेको भए पनि त्यो एमालेकै समर्थनमा सम्भव भएको उनले जिकिर गरे। 

उनले बथनाहा-कटहरी रेलमार्ग र विराटनगर रिङरोडलाई तत्काल सञ्चालनमा ल्याउने बताए। नेताचोक-बाहुनी सडकको धुलोबाट जनतालाई मुक्ति दिलाउन कालोपत्रे गर्ने र हुलाकी राजमार्गको काम सम्पन्न गर्ने उनको भनाइ थियो। 

उनी मोरङ-४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad