कोशी


मोरङमा १५ प्रतिशत मतदान, क्षेत्र नम्बर ५ मा २१ प्रतिशत मतदान

मोरङमा १५ प्रतिशत मतदान, क्षेत्र नम्बर ५ मा २१ प्रतिशत मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १२:०, ​विराटनगर

प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया  अगाडि बढेको छ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको बिहान ११ बजेसम्मको पछिल्लो तथ्याङ्क अनुसार जिल्लाभर कुल १४.९७ प्रतिशत मतदान भइसकेको छ। मोरङका ८८८ वटा मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ भने मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएको छ।

माेरङमा ७ लाख ८३ हजार ५० मतदाता संख्या रहेको ११ बजेसम्म १ लाख १७ हजार २०१ मत खसिसकेको छ।

​क्षेत्रगत विवरण अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी २१.०४ प्रतिशत मतदान भएको छ। हालसम्म २३ हजार १८० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। त्यसैगरी क्षेत्र नम्बर २ मा १६.७४ प्रतिशत र क्षेत्र नम्बर ४ मा १६.६८ प्रतिशत मत खसेको छ। क्षेत्र नम्बर ६ मा पनि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ जहाँ १६.२० प्रतिशत मतदान भइसकेको छ।

यद्यपि क्षेत्र नम्बर १ मा १०.८८ प्रतिशत र क्षेत्र नम्बर ३ मा १०.२४ प्रतिशत मात्र मत खसेकाले यी क्षेत्रहरूमा मतदानको गति केही सुस्त देखिएको छ।

​लैङ्गिक सहभागिताको हिसाबले कुल खसेको १ लाख १७ हजार २०१ मतमध्ये ६१ हजार ७६८ पुरुष र ५५ हजार ४३३ महिला मतदाता रहेका छन्। बिहान १० बजेसम्म जिल्लाभर ११.५६ प्रतिशत मतदान भएकोमा त्यसपछिको एक घण्टामा मतदानको रफ्तारमा केही वृद्धि भएको पाइएको छ।

मौसम अनुकूल रहेकाले दिउँसोको समयमा मतदाताको संख्या अझ बढ्ने र मतदानको प्रतिशतमा उल्लेख्य सुधार आउने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad