संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा रहेको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ।
प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले आज जोशी निवास पुगी सो जानकारी गराएका थिए।
केही समयअघि संस्कृतिविद् जोशीले आफूलाई घरमा बोलाएर निवासमा बनेको सङ्ग्रहालयमा आफ्नो अन्तिम इच्छा बमोजिम चक्रसंवर पौभा भित्ते चित्र निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए।
संस्कृतिविद् जोशीको आग्रहअनुसार नै मन्त्रालयले बजेट विनियोजन गरेको जनाइएको छ।
6
Shares
प्रतिक्रिया