बलिउड अभिनेता अनुपम खेर नेपाल आएका छन्।
प्राय: नेपाल आइरहने खेर यसपटक काठमाडौंमा जीवन बाँच्ने कला सिकाउँदै गरेका भेटिए।
एक मोटिभेसनल कार्यक्रमको वक्ता बनेर नेपाल आइपुगेका खेरले बिहिबार दिउँसो हायात होटलमा आयोजना गरिएको कार्यक्रममा जीवन बाँच्ने कला र आशावादिताका अनुभव बाँडे।
बुधबार काठमाडौँ आएका खेर बिहिबार बिहान पशुपति मन्दिर पुगे।
उनले पशुपति जाँदा आफूलाई सकारात्मक उर्जा प्राप्त हुने बताए।
खेरले नेपालमा छायांकन गरेको बलिउड फिल्म ‘उचाइ’मा डमीको रुपमा सरोज लामिछानेले मोटिभेसनल स्पिकरका रुपमा खेरलाई काठमाडौं बोलाएका थिए।
बिहिबार दिउँसो कार्यक्रममा सहभागी भई उनी साँझ भारत फर्किएका छन्।
प्रतिक्रिया