जीवनशैली


धुम्रपान गर्ने पुरुषमा भिटामिन बीको ‘साइडइफेक्ट’

धुम्रपान गर्ने पुरुषमा भिटामिन बीको ‘साइडइफेक्ट’

नेपालखबर
असार १४, २०७९ मंगलबार १०:४६, काठमाडौँ

भिटामिन बी मानिसलाई आवश्यक तत्व हो। यसले मानिसलाई संक्रमणबाट बचाउने तथा कोशिकाको वृद्धिमा सहयोग गर्नुका साथै राता रक्तकोष उत्पादनमा पनि सघाउने काम गर्छ।

त्यसका साथै ऊर्जा बढाउने, आँखा स्वस्थ राख्ने, मस्तिष्कको काम नियमन गर्ने, खाना पचाउनेलगायतका काममा पनि भिटामिन बी सहयोगी हुन्छ।

यद्यपि भिटामिन बीको सेवन र फोक्सोको क्यान्सरबीच पनि सम्बन्ध रहेको एक अध्ययनले देखाएको छ। ७० हजार मानिसमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो।

जर्नल अफ क्लिनिकल ओन्कोलोजीमा प्रकाशित एक अध्ययनको प्रतिवेदनअनुसार भिटामिन बी६ र बी१२ पाइने तर अन्य भिटामिन नपाइने स्रोतको प्रयोग गर्ने पुरुषमा फोक्सो क्यान्सरको जोखिम ३० देखि ४० प्रतिशतले बढ्न सक्ने देखिएको हो।

यद्यपि महिलामा भने यी दुई प्रकारका भिटामिन बीको सेवनले पनि फोक्सो क्यान्सरको जोखिम नबढाउने पाइएको थियो।

अध्ययनका अनुसार १० वर्षको अवधिमा उल्लेखित भिटामिन मात्र सेवन गर्ने र धुम्रपान पनि गर्ने पुरुषमा फोक्सो क्यान्सरको जोखिम झनै बढी देखिएको हो।

अध्ययनका अनुसार मानिसलाई कति भिटामिन आवश्यक पर्छ भन्ने विषयमा डाक्टरसँग सल्लाह लिएर भिटामिन बी सेवन गर्नु राम्रो हुन्छ। अमेरिकाको वासिङटन राज्यको विभिन्न १३ काउन्टि क्षेत्रमा ५० देखि ७६ वर्ष उमेर समूहका मानिसहरुबीच गरिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .