मानसिक स्वास्थ्यलाई धेरैले हल्कामा लिने गरेका छन्।
कहिलेकाहीँ मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगलाई लिएर मानिसहरुले मजाक पनि बनाउने गरेका छन्। यद्यपि मानसिक स्वास्थ्य निकै गम्भीर तथा संवेदनशील विषय हो।
विशेषगरी कोरोना महामारीपछि मानसिक स्वास्थ्यका बिरामीको संख्या झनै बढेको छ।
के हो मानसिक स्वास्थ्य?
मानसिक स्वास्थ्यमा तपाईंको भावनात्मक मनोवैज्ञानिक र सामाजिक सेवाका विषय समावेश हुन्छन्। यसले हामीले सोच्ने, महसुस गर्ने र काम गर्ने कुरामा असर पार्छ। त्यसका साथै हामीले तनाव कसरी व्यवस्थापन गर्छौं भन्ने कुरामा पनि यसले असर पारिरहेको हुन्छ। मानिसको बाल्यकालदेखि जीवनको प्रत्येक चरणमा मानसिक स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण हुन्छ। उदाहरणका लागि डिप्रेसनको केही प्रकारले शारीरिक स्वास्थ्य समस्याको जोखिम बढाउने गर्छन्।
विशेषगरी लामो समयसम्म यस्तो अवस्था भए मधुमेह, हृदय रोग र स्ट्रोकजस्ता समस्या देखिन सक्छ। त्यस्तै केही दीर्घरोगले मानसिक स्वास्थ्यको जोखिम बढाउन सक्छ।
मानसिक समस्या कतिलाई हुन्छ?
डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वभर प्रत्येक ८ जनामा एकजनालाई मानसिक रोगको समस्या छ।
यसमा एंग्जाइटी र डिप्रेसन डिसअर्डर सबैभन्दा धेरैलाई हुने गरेको छ। धेरै मानिसको लागि यसको उपचारको लागि कुनै राम्रो उपाय पनि छैन। यस्तोमा यसले गम्भीर परिणाम उत्पन्न हुन सक्छ।
मानसिक स्वास्थ्य बिग्रिने कारण
मानसिक स्वास्थ्य बिग्रिने कुनै निश्चित कारण हुँदैन। धेरै कारणले मानसिक स्वास्थ्य बिग्रिन सक्छ।
जसमध्ये केही यहाँ उल्लेख छ –
– उतारचढावपूर्ण बाल्यकाल, उदाहरणको लागि बाल शोषण, यौन आक्रमण, हिंसा देख्नु आदि
– क्यान्सर वा मधुमेहजस्ता प्राणघातक रोग
– मस्तिष्कमा जैविक कारक वा रासायनिक असन्तुलन
– मदिरा वा नशालु पदार्थको सेवन
– एक्लोपना वा एक्लो महसुस हुनु
मानसिक स्वास्थ्यसँग सम्बन्धित गम्भीर रोगहरु
– एंग्जाइटी डिसअर्डर
– फोबिया
– इटिंग डिस अर्डर
– पर्सनालिटी डिसअर्डर
– मूड डिसअर्डर
– ओटिज्म
– डिमेन्सिया
मानसिकरुपमा स्वस्थ रहन आवश्यक पर्ने तत्वहरु
जिंक
मानिसको शरीरमा जिंकको मात्रा कम भए पनि यसले मानसिक समस्या सिर्जना गर्न सक्छ। त्यसैले जिंकयुक्त खानेकुरा खानुपर्छ।
भिटामिन बी
भिटामिन बी आठ फरक फरक पोषक तत्वको समूह हो। विशेषगरी बी६, बी९ (फोलिक एसिड) र बी१२ महत्वपूर्ण मानिन्छ। मानसिक स्वास्थ्यको लागि भिटामिन बी निकै महत्वपूर्ण मानिन्छ।
ओमेगा–३
ओमेगा–३ फ्याटी एसिड तीन प्रकारको हुन्छ। एएलए, ईपीए र डीएचए। ईपीएले मानिसलाई चिन्ताको सामना गर्न सहयोग पु¥याउँछ। यस्तोमा चियाको दाना, घ्यू, आलसलाई आफ्नो खानामा समावेश गर्नु राम्रो हुन्छ।
म्याग्नेसियम
म्यानेसियमले पनि मानिसको शरीरमा चिन्ता, भय, डर, छटपटी रोक्न सहयोग गर्ने प्रणालीलाई पोषण दिन्छ।
भिटामिन डी
भिटामिन डी मानिसको मस्तिष्कको कार्यको लागि आवश्यक मानिन्छ।
Shares
प्रतिक्रिया