पुराना गायक हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ बजारमा आएको छ। संग्रहमा एक सय ८ वटा लघुकथाहरु छन्।
‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ गीतका भोजपुरे आफू वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन्।
उमेरको उत्तरार्धमा पनि रमाइलो गर्नुपर्ने उनका कथाहरु पनि रोचक छन्।
कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक लेखिसकेका छन् भोजपुरेले।
संग्रहका अधिकांश कथाहरु एउटा पानामै सकिएका छन्। अझ कतिपय त एकदुई अनुच्छेदमै सकिएको छ। डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ।
‘मुसुक्क म’लाई नेपालयले एकसाथ भौतिक पुस्तक, इबुक र लेखककै वाचनमा अडियो बुकका रुपमा बजारमा ल्याएको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन्।
जेठ १०, २०८०, बुधबार
24
Shares
प्रतिक्रिया