स्टोभमाथि दिउरेमा दूध बसाएर किचेनबाट बाहिर निस्केकी चन्द्रा ।
'हेर्दै गर् है,' चन्द्राले निस्किँदानिस्किँदै भनिन्।
चन्द्राले देखिन्— छिमेकमा उषा आएकी रहिछे, हालखबर सोध्नु पर्यो; धारा खुल्लै रहेछ, बन्द गर्नु पर्यो; बिस्कुनमा छपक्कै परेवा बसेका रहेछन्, धपाउनु पर्यो।
यसै बीच बारीमा दिदीले फर्सीको मुन्टा लिन बोलाउनु भयो; चन्द्रा आफै गइन्।
दूध उम्लिएछ र पोखिएछ।
चन्द्राले 'मम्मी! मम्मी!' भनेर चिच्याएको तलै सुनेकी थिइन् ।
छोरी हुन्थी भने चिच्याउनु साटो स्टोभ निभाएकी हुन्थी; दूध नास हुन्थेन।
किचेनमा छोरो थियो ।
582
Shares

प्रतिक्रिया