समाज


काभ्रेमा बस र हायस आपसमा ठोक्किँदा तीन जना घाइते

काभ्रेमा बस र हायस आपसमा ठोक्किँदा तीन जना घाइते

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १५:१७, काठमाडौँ

काभ्रेको नमोबुद्धमा दुई यात्रुवाहक सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।

नमोबुद्ध नगरपालिका–६ फेदीस्थित बीपी राजमार्गमा काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ५ ख १५०१ नम्बरको हायस र बिपरित दिशाबाट आउँदै गरेको  बा५ ख ८६८२ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाएका थिए। 

दुर्घटनामा हायस चालक तथा बसमा सवार दुई जना गरी तीन जना घाइते भएका छन्।

हायस चालक धादिङको गल्छी बस्ने अन्दाजी वर्ष ३३ को शंखर भुजेलको दाहिने खुट्टा फ्याक्चर भएको छ। अवस्था मध्यम रहेका उनको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ। 

यस्तै, बसमा सवार झापाको भद्रपुर नगरपालिका–९ बस्ने वर्ष अन्दाजी ३७ को राजु पौडेलको टाउकोमा, दाहिने हात र ‍दाहिने खुट्टामा चोट लागेको छ। अवस्था सामान्य रहेकोमा मेथिनकोट अस्पताल भकुण्डेमा उपचार भइरहेको छ।

अर्का घाइते काभ्रेको तेमाल गाउँपालिका–५ घिम्दी बस्ने वर्ष २४ की कुमारी तामाङको दाहिने घुँडामा चोट लागेको छ।

प्रहरीका अनुसार बस र हायस घटनास्थलमा नै छन् भने बाटो अबरोध भएको छैन। 

बस चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा बस्ने वर्ष अन्दाजी ३४ को राजन गिरीलाई प्रहरी चौकी भकुण्डेबेशीको नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad