ad ad

लुम्बिनी


कपिलवस्तुमा गाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कपिलवस्तुमा गाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

नेपालखबर
भदौ २२, २०७९ बुधबार १५:२६, बुटवल

कपिलवस्तुमा गुडिरहेका मोटरसाइकल पशुचौपायसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको बुद्धभूमि नगरपालिका–२ पानीधारामा भएको दुर्घटनामा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भएको हो। 

मंगलबार बेलुका सवा ७ बजे पूर्व–पश्चिम राजमार्गमा पुस्कर सवार लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका उनको चार नम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि सवार पुस्करकी भाउजु ४८ वर्षीया राधा भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .