ad ad

लुम्बिनी


कांग्रेस नेता डिल्ली चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

कांग्रेस नेता डिल्ली चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

नेपालखबर
चैत १२, २०७९ आइतबार १४:५४, देउखुरी

नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबि पेश गरेका छन्।

माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिए लगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 

उनले ५४ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका हुन्।

आजै ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए।

नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन्। फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन्।

दाबी पेश भएपछि प्रदेश प्रमुख शेरचनले संवैधानिक प्रक्रिया अनुसार अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .