लुम्बिनी


प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण

प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण

नेपालखबर
साउन १५, २०८० सोमबार १८:५३, काठमाडौँ

लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

एड्स, क्षयरोग र मलेरियाबिरुद्ध ग्लोवल फण्डको अनुदानमा निर्माण भएको भवन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हस्तान्तरण गरिएको हो। बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला ग्लोबल फण्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक र सेभ द चिल्ड्रेन नेपाल र भूटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई सोमवार कार्यक्रमकाबीच विधिवतरुपमा हस्तान्तरण गरेका हुन्।

८ करोड ७० लाख २० हजार ४ सय २० रुपैयाँको लागतमा प्रयोगशाला बनेको हो। प्रदेश  जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सेवा पूर्वाधारको सुदृढीकरण गर्ने र स्वास्थ्य समस्याको समयमै सही परीक्षण र उपचार सुनिश्चित गर्नेे लक्ष्य राखेको छ।

प्रयोगशालाले लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका अन्य स्वास्थ्य प्रयोगशालाहरुको  नियमन गर्न  प्रदेश र स्थानीय सरकारहरुलाई सकृयरुपमा सहयोग गर्ने उद्देश्य रहेको छ।  

यसका साथै, क्षमता सुदृढीकरण कार्यक्रमहरुमार्फत प्रयोगशालालले  लुम्बिनी प्रदेशका प्रयोगशालाहरुमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, प्रयोगशालाहरुलाई प्राविधिक सहायता प्रदान गर्ने, प्रयोगशालाहरुको उच्च गुणस्तर कायम राख्ने र सर्वसाधारणलाई न्युन मूल्यमा प्रयोगशालासम्बन्धी सेवा दिनसमेत सहयोग गर्नेछ।

अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोग लगायत अन्य विविध खालका सरुवा रोगहरुको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षण देखि प्याथोलोजिकल  र विशिष्टकृत मलिक्युलर विश्लेषणसम्मका  सेवा प्रदान गरिनेछन्।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रयोगशालामा उपलब्ध हुने सेवाहरुको गुणस्तर तथा विश्वसनियता कायम गर्नुपर्ने बताए। उनले लुम्बिनी प्रदेश र अन्य प्रदेशहरुमा समेतको स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरु परिपूर्ति गर्नेतर्फ अघि बढ्नु प्रदेश सरकार र स्थानीय सरकार लगायत सबैको साझा दायित्व भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .