लुम्बिनी


कारागार पस्नुअघि रविले भने- ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ

कारागार पस्नुअघि रविले भने- ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ

नेपालखबर
चैत २५, २०८१ सोमबार १६:१६, भैरहवा (रूपन्देही)

 संगठित तवरले सहकारी ठगेको अभियोगमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रूपन्देहीको भैरहवा कारागारमा थुनिएको छ।

शुक्रबार राति पक्राउ परेका उनलाई त्यस रात काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। शनिबार बिहान उनलाई भैरहवा पठाइए पनि २ दिन सार्वजनिक बिदा परेकाले सोमबार मात्र अदालतमा उपस्थित गराइएको थियो। लगत्तै अदालतले थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो।

कारागार जानुअघि उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिए। यस क्रममा मूलतः उनले ४ वटा सन्देश दिन खोजेको देखिन्छ-

एक, उनले रिहाइको लागि कानुनी संघर्ष जारी राख्नेछन्। उनले भने, ‘अदालतको आदेशको सम्मान गर्छु। कानुनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’

दुई, अहिले थुनामा जानुपर्ने अवस्था हुनुका पछाडि पनि उनले विभिन्न आशंका उठेको बताए। तर, अदालतबाटै त्यस्ता आशंका निवारण हुने उनको भनाइ छ। 

उनले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित होऊन्।’

तीन, पार्टी अभियान नरोकियोस् भन्ने उनले अर्को सन्देश पनि दिएका छन्। ‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहाेला। सक्नुहुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताकाे बीचमा लैजानुस्,’ उनले भने।

चार, उनले आफूमाथि प्रतिशोध भएको भन्दै अरूले पनि यो अवस्थाबाट गुज्रिनुपर्ने चेतावनी पनि दिए। उनको भनाइ थियो, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ।मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad