रुपन्देही क्षेत्र नम्बर एक मा रासपाको अग्रता कायम रुपन्देही क्षेत्र नम्बर एक मा १२ हजार ५५८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन्।
रास्वपाका उमेदवार सुनिल लम्सालले ५७६८ मत ल्याउँदै आफ्नो अग्रता कायम राखेका हुन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार प्रज्वल बोहराले २२२५ मत ल्याएका छन्।
यता, नेपाली कांग्रेसका उमेदवार हिरा बहादुर खत्रीले १३६५ मत ल्याउँदा नेकपा एमालेका दधिराम न्यौपानेले ६१५ मत प्राप्त गरे।
120
Shares

प्रतिक्रिया