ad ad

मधेस


मुख्यमन्त्री कार्यालयको बदनामीपछि अब छोरी शिक्षा बीमा सामाजिक विकास मन्त्रालयबाट

मुख्यमन्त्री कार्यालयको बदनामीपछि अब छोरी शिक्षा बीमा सामाजिक विकास मन्त्रालयबाट

शैलेन्द्र महतो
असार १९, २०७९ आइतबार २२:५, जनकपुरधाम

मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुरु भएको छ। कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित छोरी शिक्षा बीमा आइतबारदेखि पुनः सुरु भएको हो। 

यो कार्यक्रम अब सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय मार्फत सुरु भएको हो। 

सुरुमा मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा सुरु गरिएको थियो। पछिल्लो समय साइकल वितरणमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी फाइल लगेपछि मुख्यमन्त्री लालबाबु राउतको र कार्यालयको बदनामी हुँदा सो कार्यक्रम अब समाजिक विकास मन्त्रालयमा समायोजन गरिएको छ। 

सुरुमा बीमा गरेको प्रभु बैंकसँगको सम्झौता अवधि समाप्त भएपछि दुई वर्षदेखि रोकिएको बीमा अब ग्लोबल बैंकसँग सम्झौता गरी सुरु भएको हो।​

सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक चुडामणि फुयाल र बैंकको तर्फबाट ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

२०७८ माघ १ गतेपछि जन्मिएको छोरीहरुको लागि सुरू गरिएको बीमा, २० वर्षपछि ३ लाख दिने गरि प्रति बीमा ३७ हजार ४ सय ५७ रुपैयाँ ६० पैसा मधेश सरकारले बैंकलाई दिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

छोरी शिक्षा बीमाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ फागुन ९ गते गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .