ad ad

मधेस


कुटपिटबाट छोरालाई बचाउन खोज्दा आमाको हत्या

कुटपिटबाट छोरालाई बचाउन खोज्दा आमाको हत्या

शैलेन्द्र महतो
असार ३१, २०७९ शुक्रबार २१:३१, जनकपुरधाम

सप्तरीमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ८ प्रवाहापट्टी टोल बस्ने ६० वर्षीया जिरा देवी मण्डल छन्। 

प्रहरीका अनुसार उनको छोरा २६ वर्षीय मनोज मण्डल बिहीबार राति साढे १० बजे साइकलमा मल लिएर आउँदै गर्दा एक बालकलाई समान्य ठक्कर लागेको थियो। सोही विषयमा विवाद तथा कुटाकुट हुँदा जिरा देवी छोरालाई बचाउन पुगेकी थिइन्।

त्यस क्रममा उनीमाथि समेत कुटपिट हुँदा गम्भीर घाइते भएकी थिइन्। उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।  

कुटपिट गर्ने व्यक्तिहरुको पहिचान गरी खोजतलास कार्य जारी रहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .