ad ad

मधेस


धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २८, २०७९ मंगलबार १९:५, जनकपुरधाम

धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। प्रहरीको गोली लागी घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए। 

पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ। ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .