ad ad

मधेस


सर्लाहीमा दुई ट्रकबाट साढे १७ लाखको चिनी बरामद

सर्लाहीमा दुई ट्रकबाट साढे १७ लाखको चिनी बरामद

नेपालखबर
असोज १, २०७९ शनिबार ११:३, सर्लाही

सर्लाहीको हरिवनबाट प्रहरीले साढे १७ लाख मूल्य बराबरको चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको छ।

हरिवन नगरपालिका १० नयाँरोडबाट ५० किलो दरका ९ सय ८० बोरा चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीले बरहथवाबाट  नयाँरोडतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६५८५ र ना. ७ ख ६१४५ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो।

प्रदेश २-०३-००१ ख ६५८५ नम्बरको ट्रकबाट ५० किलो दरका ५ सय बोरा र ना. ७ ख ६१४५ नम्बरको ट्रकबाट ४ सय ८० बोरा चिनी बरामद गरिएको हो।

चामलको बिल बनाएर चिनी ढुवानी गरेको पाइएपछि ट्रक र चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

बरामद चिनी र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .