ad ad

ग्लोबल


बेजोसलाई पछि पार्दै भारतीय अदानी बने विश्वकै दोस्रो धनी

बेजोसलाई पछि पार्दै भारतीय अदानी बने विश्वकै दोस्रो धनी

नेपालखबर
असोज १, २०७९ शनिबार ११:७, काठमाडौँ

भारतीय अर्बपति गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन्।

अमेरिकी अर्बपति जेफ बेजोसलाई उछिन्दै अदानी दोस्रो धनी व्यक्ति बनेका हुन्। ब्लूमवर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अदानीसँग अहिले १ खर्ब ४६ अर्ब डलरको सम्पत्ति छ। विश्वको सबैभन्दा धनी इलोन मस्कसँग २ खर्ब ६३ अर्ब डलरको सम्पत्ति छ। 

अदानी इन्टरप्राइजेज लिमिटेडको सेयरको भाउ उल्लेख्यरुपमा बढेसँगै अदानी विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन्। अदानीका केही ग्रुप कम्पनीको शेयर भाउ सन् २०२० यता एक हजार प्रतिशतले बढेको छ। 

कलेज छोडेर व्यवसाय रोजेका अदानीः बफेटलाई उछिन्दै बने विश्वको पाँचौँ धनी

भारतका गौतम अदानी विश्वकै तेस्रो ठूलो धनी, टप–३ मा एसियाबाट पहिलो

बेजोसका सम्पत्ति अदानीको भन्दा १ करोड ९० लाख डलर मात्र कम छ। पछिल्लो समय उनको अमेजन कम्पनीको शेयरको भाउ घटेसँगै उनी सम्पत्तिको मामिलामा पनि अन्य अर्बपतिको तुलनामा पछि परेका हुन्। 

अदानी गत फेब्रुअरी महिनामा अर्का भारतीय अर्बपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए।

अप्रिलमा विश्वका एक सय अर्बपतिको सूचीमा अटाएका उनले पछिल्लो दुई महिनामा बिल गेट्स र फान्सका बर्नार्ड अर्नल्टलाई पछि पारिसकेका छन्। 

शीर्ष अर्बपतिको सूचीमा एसियाली व्यक्ति आइपुगेको यो पहिलोपटक हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .