मधेस


उपचार सेवा पाउनु नागरिकको हक : महासेठ

उपचार सेवा पाउनु नागरिकको हक : महासेठ

नेपालखबर
पुस २, २०७९ शनिबार १९:२८, काठमाडौँ

नेकपा (एमाले)का केन्द्रीय सचिव रघुवीर महासेठले उपचार सेवा पाउनु नागरिकको प्रारम्भिक हक भएको बताएका छन्।

आज महोत्तरीको बर्दिबासमा निजी लगानीमा स्थापना भएको साइ मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको शुभारम्भ गर्दै महासेठले मानवीय सेवाका रूपमा स्वास्थ्य संस्थाले उपचार दिनपर्ने बताए। स्वास्थ्योपचार सेवामा सर्वसाधारणको सहज पहुँच बढाउन स्वास्थ्य संस्थाले पहलकदमी लिनुपर्ने उनको भनाइ छ। 

‘तपाईंले निजी लगानीमा अस्पताल सञ्चालनमा ल्याउनुभएको छ’, अस्पताल सञ्चालक डा महेश महासेठको ध्यानाकर्षण गराउँदै सचिव महासेठले भने, ‘तर यसलाई नाफा कमाउने व्यापारिक प्रतिष्ठान नभई मानवीय सेवाको केन्द्रका रूपमा विकास गराउनोस्।’ सेवाभावले निरन्तर काममा लागे सहयोगी हात थपिँदै जाने सचिव महासेठको सुझाव छ।

नवस्थापित ३५ शय्याको यो अस्पतालमा आकस्मिक सेवा, एचडियु, आइसियु र एनआइसियुजस्ता आधुनिक प्रविधि, प्रसूति सेवा, ट्रमा (हाड जोर्नी र नशासमेत), बालरोग विशेषज्ञ सेवा उपलब्ध हुनेछ। 

अस्पतालका मुख्य प्रबन्धक डा गङ्गाराम खर्काले सर्वसाधारणमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अस्पतालको स्थापना गरिएको बताए। प्रारम्भिक चरणमा रु तीन करोड लगानी भएको अस्पतालमा १५ जना दक्ष विशेषज्ञ चिकित्सक र ३० जना अन्य स्वास्थ्यकर्मी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad