ad ad

मधेस


सांसद कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन

सांसद कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन

जयन्त ठाकुर
माघ ११, २०७९ बुधबार १५:५३, जनकपुरधाम

महोत्तरी १ बाट संघीय संसदमा निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन भएको छ।

प्रतिनिधिसभामा निर्वाचित सांसद कोइरीविरुद्ध पक्राउ पूर्जी जारी गरिएपनि पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनको पक्षमा प्रदर्शन भएको हो। 

मधेश आन्दोलनका अगुवा दिनेश पूर्वेको अगुवाइमा जनकपुरधामको भानुचोकबाट नागरिक समाजले निकालेको र् यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

पूर्वेको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका थिए। 

प्रदर्शनमा सहभागी नागरिक अगुवा रामरिझन यादवले जनताको मतबाट निर्वाचित सांसद कोइरीलाई बदनियतपूर्ण ढंगले फसाउन खोजिएको आरोप लगाए।

उनले आन्दोलनको क्रममा मधेशका आन्दोलनकारीले थमन विकको हत्या गरेपनि घटनाको समय त्यहाँ सांसद कोइरीको उपस्थिति समेत नरहेको दाबी गरे। 

उनले भने, ‘आन्दोलनकारीले प्रहरीको हत्या गर्दा मुद्दा लाग्ने, सिभिल ड्रेसमा रहेका प्रहरीले आन्दोलनकारीको हत्या गर्दा मुद्दासम्म दर्ता गर्न नमान्ने यो कहाँको न्याय हो?’

जनताले निर्वाचित गराएको सांसद कोइरीविरुद्ध झुठा मुद्दा लगाउनु जनताको अभिमतको अपमान भएको यादवले बताए। 

सरकारको यही रबैयाविरुद्ध जनकपुरधाममा नागरिक समाजले सरकारविरुद्ध प्रदर्शन गरेको उनले दाबी गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .