ad ad

मधेस


प्रदेश सभा सदस्यको तलबी बैंक खाताबारे संसदमै चर्काचर्की, सांसद भन्छन् : कमिशनको खेल

प्रदेश सभा सदस्यको तलबी बैंक खाताबारे संसदमै चर्काचर्की, सांसद भन्छन् : कमिशनको खेल

जयन्त ठाकुर
फागुन ३, २०७९ बुधबार १५:२३, जनकपुरधाम

मधेश प्रदेशको प्रदेशसभा सदस्यहरुको तलब पठाउनका लागि खाता खोलाउने विषयलाई लिएर मतान्तर देखिएपछि त्यसको साइड इफेक्ट सदनको बैठकमा समेत परेको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच कुन बैंकमा खाता खोलाउने विषयमा मतान्तर देखिएपछि त्यसको असर प्रदेशसभा बैठकमा समेत देखिएको छ।  

केही दिन अगाडि मधेश प्रदेशको प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरुलाई एभरेष्ट बैंकमा खाता खोलाउनका लागि मोबाइलमै म्यासेज गरेको थियो। तर बुधबार एकाएक एनएमबी बैंकमा खाता खोलाउन परिपत्र गरिएको थियो। 

सोही विषयलाई लिएर एनएमबी बैंकका कर्मचारीहरुलाई बोलाइएको थियो। एनएमबी बैंकका कर्मचारीहरुले सभामुख रामचन्द्र मण्डलसँग यस विषयमा छलफल समेत गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए। 

जबकी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आफ्नो अनुकुलको बैंकमा खाता खोलाउनु पर्ने माग गरेका थिए। कांग्रेसका प्रदेसभा सदस्यहरुले समेत मेगा बैंकका कर्मचारीहरुलाई छलफलका लागि बोलाएका थिए।

तर सभामुख मण्डलले अन्य बैंकका कर्मचारीहरुलाई प्रदेससभा परिसरमा छिर्न नदिन निर्देशन दिएपछि सुरक्षाकर्मीहरुले मेगा बैंकका कर्मचारीहरुलाई छिर्न दिएनन्। 

सोही विषयलाई लिएर नेपाली कांग्रेसका प्रदेसभा सदस्यहरुले बैठक अवरुद्ध समेत पारेका थिए। कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले ‘हामीले बोलाएको अतिथिलाई प्रवेश किन गर्न नदिएको?’ भन्दै प्रदेश सभा बैठक अवरुद्ध पारे। 

मधेश प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

सोही क्रममा सभामुख मण्डलले अराजकता र विजनेश गर्न आउनेलाई मात्रै प्रवेशमा रोक लगाएको स्पष्ट पारेका थिए। उनले सभामुखकै आसनबाटै भने, ‘बम लिएर प्रदेशसभा परिसरमा प्रवेश गर्न आउनेलाई  के गर्ने?’

सभामुखको यो वक्तव्यको प्रतिकार गर्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य जिवछी यादवले सभामुख जस्तो गरिमामय पदमा बसेकाले यस्तो अमर्यादित वक्तव्य दिनु अशोभनीय रहेको भन्दै उल्टै प्रश्न तेर्साएकी थिइन्। 

यता प्रदेश सभामा खाता खोलाउने विषयलाई लिएर भएको विवादलाई केही प्रदेशसभा सदस्यहरुले कमिशनको चक्कर हुन सक्ने आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .