मधेस


मकवानपुरमा हात्तीको आक्रमणबाट एक पुरुष घाइते

मकवानपुरमा हात्तीको आक्रमणबाट एक पुरुष घाइते

नेपालखबर
फागुन ११, २०७९ बिहिबार २०:४१, हेटाैँडा

मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्।

हात्तीले हेटौंडा–१८, मानेडाँडाका बस्ने ३० वर्षीय देव वाईबालाई घाइते बनाएको मकवानपुर प्रहरीले जनाएको छ।

बुधबार राति बाईबाको घर नजिक पुगेको हात्तीलाई धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गरेको थियो। 

घाइते वाईबाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। वाइबाको शरीरमा बाहिरी चोट नदेखिए पनि दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ। 

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती मनहरी हुदै बुधबार साँझ हेटौंडा–१८ हर्नामाडी आसपासको क्षेत्रमा देखा परेको हो।

केही दिन अगाडि जंगली हात्तीको आक्रमणबाट मनहरीकी ६३ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो।

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती मनहरी गाउँपालिकाबाट हेटौंडा उपमहानगरपालिकाको वडाहरुमा प्रवेश गरेको स्थानीयहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .