मधेस


वीरगन्जमा मेयर–उपमेयर विवाद : समर्थकबीच कार्यालयमै कुटाकुट, ठूलो संख्यामा प्रहरी परिचालन

वीरगन्जमा मेयर–उपमेयर विवाद : समर्थकबीच कार्यालयमै कुटाकुट, ठूलो संख्यामा प्रहरी परिचालन

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १६:५, काठमाडौँ

वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरबीचको विवाद चर्किएपछि कार्यालयमै झडप भएको छ। मंगलबार दिउँसो पुरानो भवनमा रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो। 

विवाद बढ्दै गएपछि महानगरपालिका कार्यालयमा मेयर र उपेमयर दुवै पक्षका समर्थकहरू भेला भएका थिए। समर्थकबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको छ। 

प्रमुख कार्यकारी अधिकृतको कार्यालय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनपर्ने उपमेयर इम्तियाज आलमले बताएका थिए। 

तर, सो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने तयारी गरेपछि केहीबेर विवाद भएको प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले नेपालखबरलाई जानकारी दिए। 

उनका अनसार अहिले विवाद समाधान गर्नेगरी छलफल भइसकेको छ। ‘केही दिनमा हाम्रो कार्यपालिका बैठक बस्दैछ, आजको विवादबारे त्यहीँ छलफल गर्ने कुरा भएको छ,’ भट्टराईले भने। 

नवनिर्मित भवनको तेस्रो तल्लामा केही दिन अघि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो। मेयर सिंहको कार्यालय त्यहाँ सरेपछि खाली भएको सो कोठामा प्रमुख प्रशासकिय अधिकृतको कार्यालय सारिएको थियो।

गत स्थानीय तहको निर्वाचनमा यहाँ कांग्रेस र जसपाबीच गठबन्धन भएको थियो। मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .