मधेस


पदभार ग्रहण समारोहबाटै समातिएका वडाध्यक्षलाई आज सार्वजनिक गर्दै सप्तरी प्रहरी

पदभार ग्रहण समारोहबाटै समातिएका वडाध्यक्षलाई आज सार्वजनिक गर्दै सप्तरी प्रहरी

फाइल तस्बिर: नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्रकुमार साह


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार ९:२४, काठमाडौँ

पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गर्दै छ। 

यही मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट वडाध्यक्षमा विजयी साहलाई प्रहरीले बिहीबार डाक्नेश्वरी-१ मा आयोजित पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो। 

हत्या मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

‘उनलाई आज हामी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ’, सप्तरी जिल्ला प्रहरी कार्यालयका पमुख, एसपी ढकेन्द्र खतिवडाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘घटनाको विस्तृत विवरण हामी पत्रकार सम्मेलनमै दिनेछौँ।’

वडाध्यक्ष साह हाल इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ। 

भर्खरै सम्पन्न उपननिर्वाचनमा डाक्नेश्वरी नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार बनेका धीरेन्द्रकुमार साह ६ सय ५२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad