मधेस


मोटरसाइकल रोकेर महिलाले लगाएको गहना लुट्न खोज्दा २ युवक पक्राउ

मोटरसाइकल रोकेर महिलाले लगाएको गहना लुट्न खोज्दा २ युवक पक्राउ

नेपालखबर
फागुन १९, २०८२ मंगलबार ११:२७, काठमाडौँ

रौतहट जिल्लाको गढीमाई नगरपालिका-९, स्थित चिल्मिलियामा गएराति लुटपाट गर्न खोजेको आरोपमा सशस्त्र प्रहरीले २ जनालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनीलाई नियन्त्रणमा लिइएको हो। 

‘लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार छन्’, उनले भने। 

दुई जनालाई भने सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको स्ट्राइकिङ टोलीले नियन्त्रणमा लिएको डीएसपी थापाले बताए। 

उनीहरूले रौतहटकै राजदेवी नगरपालिका-८ बस्ने धमेन्द्र राय यादव र उनकी श्रीमती चञ्चला यादव सवार मोटरसाइकल रोकेर चञ्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

दुवै जनालाई कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad